हेटौंडा-कुलेखानी हुँदै काठमाण्डौ निस्कने सडक आजदेखि बन्द

 माघ १०, २०७७ शनिबार ८:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक आजदेखि दुई महिनाका लागि बन्द भएको छ ।

निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिएकाे जानकारी दिनुभयो ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न पनि उहाँको आग्रह छ।  

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया