प्रतिनिधि सभा विघटनविरुद्ध मार्चपासमा रहेका नागरिक अगुवामाथि प्रहरीकाे बल प्रयाेग

 माघ १२, २०७७ सोमबार १६:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध मार्चपासमा रहेका नागरिक अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । मार्चपास गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि जाने क्रममा प्रहरीले टङ्गालको भाटभटेनी नजिकै लाठीचार्ज र पानीको फोहरा हान्दा १३ जना घाइते भएका छन् ।

लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसी, लेखक युग पाठक, सञ्जिव उप्रेतीलगायत सयौँ व्यक्ति मार्चपासमा सहभागी भएका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी तथा पानीको फोहरा हानेर दमन गरेको भन्दै अभियन्ताले सरकारको चर्को आलोचना गरेका छन् ।

कार्यक्रममा लेखक नारायण वाग्लेले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि बल प्रयोग गरेर निरङ्कुशता प्रमाणित गरेको र यो कदमले नागरिकलाई सडकमा आउन झनै बाध्य बनाएको बताउनुभएको छ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया