बझाङ : छबिस हत्या प्रकरणमा वडाध्यक्षसहित चार जना पक्राउ

 माघ १४, २०७७ बुधबार १४:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङमा हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । छबिस पाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा छबिस पाथिभेरा २ का वडाध्यक्ष विकास ऐडी, स्थानीयवासी प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको विषयमा मङ्गलबार बेलुका सिंहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • महादेब महता

    Jan. 27, 2021, 4:30 p.m.

    घटना को पुरा छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ । यो घटना मा कुनै पनि राजनीतिक चलखेल हुन भएन

  •  0 Reply

तपाईको प्रतिक्रिया