सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १६ जना घाइते

 माघ २०, २०७७ मंगलबार १४:४२:३९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १६ जना घाइते भएका छन् ।

मङ्गलवार दोलखाको बुलुङबाट काठमाण्डौका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना हुँदा १६ जना घाइते भएका सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

घाइतेको खाडीचौरको अस्पतालमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको बताइएकाे छ । चालक फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

सिन्धुपाल्चोकको मुडे प्रहरी पोस्टमा बसमा १५ जना यात्रु रहेको विवरण रहे पनि बीचमा यात्रु चढेकाले २५ जना जति यात्रु बसमा रहेको अनुमान गरिएको एसपी अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया