६ महिनामा झण्डै पाँच खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ७३ प्रतिशतले घटे

 माघ २६, २०७७ सोमबार १९:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यो गएकाे वर्षको पहिलो ६ महिनाको तुलनामा ११ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ६ दशमलव ७ प्रतिशतले बढेर चार अर्ब १९ करोड पुगेको छ । 

यस्तै पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७ दशमलव ६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६८ दशमलव ९ प्रतिशतले घटेको छ । 

यस्तै सरकारको चालु खाता पुससम्म ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा चालु खाता ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अहिले शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनदेखि पुससम्म शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति अहिले एक अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया