आज देशभरको मौसम बद्ली : मौसमविद्

 माघ ३०, २०७७ शुक्रबार ७:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो ।

यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया