अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रचण्ड सर्वोच्चमा

 फागुन १६, २०७७ आइतबार ११:४०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको छ । 

अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको थियो ।

प्रचण्डले लिखित जवाफ बुझाएर फर्किने उहाँको निजी सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र  पाँच जना पूर्व प्रधानन्यायाधीशहरू विरुद्ध पनि अवहेलनाको मुद्दा लागेको थियो । 

उहाँहरु सबैले आफैँ उपस्थित भएर अदालतमा जवाफ पेस गरिसक्नु भएको छ । गएकाे माघ १६ विराटनगरमा भएकाे सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले मुद्दा दर्ता गर्नुभएको हो ।

प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्‍याे उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताउनुभएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया