प्रिमियर लिग : टोटेनह्यामको शानदार जित, म्यानचेस्टर युनाइटेड र चेल्सी गोलरहित बराबरीमा

 फागुन १७, २०७७ सोमबार ७:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।

गएराति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको म्यानचेस्टर सिटीसँग अङ्क दूरी घटाएको हो ।

म्यानचेस्टर सिटीको समान २६ खेलबाटै ६२ अङ्क छ । चेल्सी ४४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यस्तै गएराति भएकै खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा खेलको ४८ औँ मिनेटमा कर्टिस जोनले गोल गरे । खेलको ६४ औँ मिनेटमा सेफिल्डका केन ब्रायनले आत्मघाती  गोल गरे । यस्तै, गएराति नै भएको खेलमा टोटेनह्यामले सानदार जित निकालेको छ । उसले बनर्ली ४-० गोल अन्तरले पराजित गर्यो ।

टोटेनह्यामलाई जित दिलाउन ग्यारेथ बेलले खेलको २ र ५५ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै, ह्यारी केन र लुकास मौराले एक/एक गोल गरे । जितसँगै टोटेनह्यामले २५ खेलमा ३९ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ ।

बनर्ली २८ अङ्क जोडेर १५ औं स्थानमा रहेको छ । यस्तै, गएराति भएकै अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी गरेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया