प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी

 फागुन १९, २०७७ बुधबार ७:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।

वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए ।

८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१ गाेलले विजयी हुन पुग्यो ।

उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १६ अङ्कको अग्रता कायम भएको छ । लिगमा युनाइटेडको ५० अङ्क रहेको छ । म्यानचेस्टर सिटीलाई जिताउन डेन्डंकरले १, ग्राबियल जिसले २ र मारेजले १ गोल गरेका हुन् ।

जितसँगै म्यानचेस्टर सिटीको ६५ अङ्क भएको छ । हार ब्यहाेरेकाे वुल्भ्स ३४ अङ्कसहित खेलकाे १२ औं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया