अमेरिकाको इन्डाे -प्यासिफिक सुरक्षा रणनीतिमा बंगलादेश सहभागी नहुने

 फागुन १९, २०७७ बुधबार १५:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बंगलादेशले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा संलग्न नहुने बताएको छ ।

बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले पत्रकारसँग कुरा गर्दै सरकारको धारणा सार्वजनिक गर्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी अधिकारीले आफूलाई सम्पर्क गरी भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सार्ने प्रस्ताव राखेको भन्दै मन्त्री मोमेनले अमेरिकाको प्रस्ताव आफूले खारेज गरेको बताउनुभयो ।

उहाँले आफूहरु सुरक्षित रहेकोले बंगलादेश सरकारले सुरक्षा नीतिका बारेमा भन्दा आर्थिक विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइरहेको बताउनुभएको सिन्ह्वाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया