जाजरकोटको बारेकोट गाउँपालिकामा विश्वमै लोपोन्मुख हाडफोर गिद्धसहित ८८ प्रजातिका चरा फेला

 फागुन १९, २०७७ बुधबार १५:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जाजरकोटको बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार आठ सय ९१ मिटरदेखि दुई हजार तीन सय नौ मिटरसम्मको उचाइमा रहेको सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेका हुन्  ।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत कालो चिल र कालिज, काकाकुल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिनुभयो । कुनै पनि ठाउँमा सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि फेला परेको छ ।

 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया