सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती र टुसालको बराबरी

 फागुन १९, २०७७ बुधबार १६:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहिद स्मारक बी डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँबस्ती र टुसालले १/१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । नयाँबस्तीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन ।  खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा टुसालका लागि एलोन राईले बराबरी गोल फर्काए । 

अर्को खेलमा साढे तीन बजेदेखि अहिले खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया