ललितपुरमा विद्यार्थीको ज्यान गएको घटनामा दोषीलाई कारबाही गर्ने प्रतिबद्धतापछि विद्यार्थीले प्रदर्शन रोके

 फागुन १९, २०७७ बुधबार १७:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट ज्यान गएको घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धतापछि विद्यार्थीले जावलाखेलमा गरेको प्रदर्शन रोकेका छन् ।

आज बिहान जीपको ठक्करबाट क्याम्पस जाँदै गरेकी १९ वर्षकी अञ्जु दाहालको ज्यान गएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले चालकलाई कारबाही गर्न र मृतकलाई न्याय दिनुपर्ने भन्दै जावालाखेल चोकमा नाराबाजी सहित प्रदर्शन गरेका थिए । सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने  १९ वर्षकी दाहाललाई नक्खुमा बाटो पार गर्ने क्रममा स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिएको र उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दाहालको शव पाटन अस्पतालमै राखिएको छ । विद्यार्थीले भोलि श्रद्धाञ्जली सभा गर्ने भन्दै जावलाखेलमा गरेको प्रदर्शन रोकेका महानगरीय प्रहरी परिसर जाउलाखेल ललितपुरले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया