आज नेप्से एक दशमलव ६ प्रतिशतले घट्यो, कारोबार रकम भने बढ्यो

 फागुन १९, २०७७ बुधबार १७:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से आज एक दशमलव ६ प्रतिशतले घटेको हो ।

हिजोको तुलनामा ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ दशमलव १६ प्रतिशत बढेको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

अन्तिम अपडेट: फागुन २१, २०७७

तपाईको प्रतिक्रिया