दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

 फागुन २०, २०७७ बिहिबार ६:४५:१७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका ६ मा रहेकाे श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि स्थानीयले हातपात गरेका छन् । विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले प्रधानाध्यापक ठाकुरमाथि हातपात गरेका हुन् ।

मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत मानेन् । 

गएकाे माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले बताउनुभयाे । समिति गठन गर्ने क्रममा आफूले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै सो समितिलाई पूर्णता दिएको प्रधानाध्यापक ठाकुरकाे भनाइ छ ।

विद्यालय परिवारले कुटपिटमा संलग्न रामबाबु र उनका छोरा मनोहरलाई कारबाहीको लागि सरोकारवाला निकायसमक्ष माग गरेका छन् ।

रामबाबु यादव वडा नं. ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान् हुन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया