आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूह संसद् सचिवालयमा, सचिवालयले खोज्यो सांसदको हस्ताक्षर

 फागुन २३, २०७७ आइतबार १४:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफूहरू नै आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको दाबी गर्दै नेकपाको प्रचण्ड–नेपाल समूह संसद् सचिवालयमा पुगेको छ ।

समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङसहितका नेताहरूले संसद् सचिवालयका महासचिव भरतराज पौडेललाई भेटेर आफूहरू आधिकारिक रहेको दाबी गर्दै पत्र पेस गरेका छन् । 

प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको र प्रचण्डलाई संसदीय दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतक नियुक्त गरेको दाबी गरेको छ । तर सचिवालयका महासचिव पौडेलले पत्र दर्ता गर्न अहिले कानुनी रूपमा समस्या रहेको भन्दै बहुमत सांसदको हस्ताक्षर पनि आवश्यक पर्ने बताउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया