प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् ।
सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी अधिकार गुमाएकाले राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउन नमिल्ने बताउनुभएको थियो ।
तर सभामुख अग्निप्रसाद सापकोटाले पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बहिष्कार गरेर बाहिरिएका हुन् ।