प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान

 फागुन २४, २०७७ सोमबार १६:४२:४२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश नम्बर २ काे सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरिएको हो ।

धनुषाका २७

सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गर्नुभएको हो । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भएमात्र प्रदेशको विकास सम्भव रहेको बताउनुभयाे । साथै उहाँले प्रदेशभरिका सामुदायिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको बताउनुभयाे । 

यसअघि प्रदेश सरकारले २०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेकाे थियो ।

प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानलाई अगाडि बढाएको मुख्यमन्त्री राउतकाे भनाइ छ । 

कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया