प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले आफ्नो तलबबाट केदार आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले आफ्नो तलबबाट ५० हजारको अक्षयकोषको स्थापना गरेको अध्यक्ष भट्टले बताउनुभयो ।
विद्यालयको वार्षिकोत्सवमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका वडाअध्यक्षले गरिब र जेहेन्दार विद्यार्थीलाइ पढाइमा सहज होस भन्नका लागि अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
वडा अध्यक्षले ५० हजारको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक देवसिंह ऐरीले बताउनुभयो । विद्यालयको अक्षयकोषमा जमा भएको रकमबाट आएको ब्याजले प्रत्येक वर्ष विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको छ ।
अध्यक्षले स्थापना गरेको अक्षयकोषले सानो भए पनि विद्यार्थीका लागि सहयोग पुग्ने अभिभावक भीमराज भट्टले बताउनुभयो । वडाका अन्य विद्यालयहरुमा पनि अक्षयकोष स्थापनाका लागि पहल गरिरहेको वडा अध्यक्षले जानकारी दिनुभयो ।