सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा, ८० दिन यतै रहने

 चैत २, २०७७ सोमबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ । 

बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले साेमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ । राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने कार्यक्रम पनि छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया