कर कार्यालयकाे टाेली अनुगमनमा आउने हल्लापछि महोत्तरीका बजार बन्द

 चैत २, २०७७ सोमबार २०:४१:४० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रादेशिक कर कार्यालय पथलैया बाराबाट स्थानीय पसलमा अनुगमन गर्न टोली आउने हल्लाको पछि लागेर महोत्तरीका प्रमुख व्यापारिक केन्द्र पूर्णरूपमा बन्द भएका छन् । 

कर कार्यालयका टोली अनुगमनमा आउने खबर एकाएक भाइरल भएपछि महाेत्तरीका गौशाला, औरही, रामगोपालपुर र भङ्गहाका व्यापारीले पसल बन्द गरी विरोध जनाएका हुन् । 

स्थायी लेखा नम्बर लिएका तथा कर बीजक लिएका व्यापारीहरूले कर छली गर्दै आएको गोप्य सूचनाको आधारमा टोली अनुगमनमा निस्किएकाे भन्ने हल्लापछि व्यवसायीहरूले पसल बन्द गरेका हुन् । साेमवार तेस्रो दिन पनि यहाँका प्रमुख व्यापारी केन्द्र पूर्णरूपमा बन्द भएका छन् ।

अनुगमनमा खटिएका टोलीलाई स्थानीय व्यवसायीले पारदर्शी रूपमा जाँच गर्न सहयोग गर्नुपर्ने गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साहले बताउनुभयो । यसरी पसल बन्द गर्दा सेवाग्राही प्रत्यक्ष प्रभावित हुनुका साथै कोरोबारसमेत चौपट हुने भएकोले सहयोगीको भूमिका निर्वाह गर्न अध्यक्ष साहले अनुरोध गर्नुभएको छ । 

यसभन्दा अगाडि पनि स्थानीय व्यापारीलाई कारोबारको सम्बन्धमा प्रशिक्षण दिँदै आएको र आउँदा दिनमा कारोबारीलाई प्रशिक्षणको व्यवस्था दिलाउने अध्यक्ष साहकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया