प्रदेश १ मा मन्त्री मण्डल विस्तार : मुख्यमन्त्रीकाे नेतृत्वमा रहेका दुई मन्त्रालयले पनि मन्त्री पाउने

 चैत १३, २०७७ शुक्रबार १२:४९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश एक सरकारको आज मन्त्री मण्डल विस्तार हुँदैछ । नयाँ आउन लागेका मन्त्रीहरुमा माओवादी केन्द्र छाडेर आएका मन्त्री टंक आङ्बुहाङ र नेपाल समूहबाट ओली समूहमा आएकी उषाकला राई रहेका छन् । आङबुहाङलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र राईलाई सामाजिक विकास मन्त्रालय दिने निश्चित भएको छ ।

यस्तै प्रदेश एकमा लामो समयदेखि मुख्यमन्त्रीको नेतृत्वमा रहेका दुई मन्त्रालयले पनि मन्त्री पाउने भएका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सम्हालेसँगै आफ्नै माताहतमा राखेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको मन्त्री परिषद् श्रोतले जनाएको छ ।

यसै क्रममा ती मन्त्रालयमा एक वर्ष पहिले नै नियुक्त भएका  राज्यमन्त्रीहरुलाई नै मन्त्री बनाउन लागिएको हो । भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । 

यस्तै राज्यमन्त्रीमा दुईजना थपिने भएका छन् । राज्य मन्त्रीमा नयाँ आउन लागेका कला  घले र राजकुमार ओझाको सपथ आज दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय भएको छ ।
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया