म्यानमारमा एकैदिन सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

 चैत १५, २०७७ आइतबार ७:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो । 

हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका  अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको छ । 

घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि सुरक्षाकर्मीले नै गोली चलाएको बताएको बीबीसीले खबर लेखेको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन् । 

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाउनुभएको छ ।

प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकाबारे भने उहाँले केही खुलाउनुभएको छैन् । तर सेना प्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया