पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – मेलम्चीको पानी काठमाण्डौमा वितरण गर्न सुरु गरिएकाे छ । महाङ्काल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरेको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिनुभयो ।
अहिले चावहिल, महाङ्काल क्षेत्रमा वितरण सुरु गरेको पनि उहाँले बताउनुभयो । आइतवार बेलुकासम्म काठमाण्डाैकाे मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ ।
पहिलो चरणमा मेलम्चीकाे पानी चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिका चरणमा महाराजगञ्ज, पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ ।
अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि बिस्तारै दैनिक साढे ६ करोड लिटर पानी भित्रिने केयूकेएलले जनाएको छ । काठमाण्डौ उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।
अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।
एक हप्तापछि दैनिक १७ करोड लिटर पानी वितरण थालिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाले गएको फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई हप्तापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । २०५६ सालमा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।