म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह

 चैत १६, २०७७ सोमबार ६:४९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह  गरेको हो ।

म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन्।

म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान गएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् ।

अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ  । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ ।

हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा भव्य भोज गरेको बीबीसीले जनाएको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया