निर्मला पन्त हत्या प्रकरण : कञ्चनपुरमा हवाई फायर

 भदौ ५, २०७५ मंगलबार १३:६:२४ | दुर्गा उपाध्याय

कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् । 

झण्डै ७ सयको संख्यामा रहेको स्थानीय नागरिकको समूह जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भित्र छिर्न प्रयास गरेको भन्दै प्रहरीले ४ राउण्ड हवाई फायर र १० शेल अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जनाउनुभयो । 

अहिले भिड तितरबितर भएको र स्थिति सामान्यतर्फ गैरहेको सेटीले जनाउनुभयो । 

उनीहरुले घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन बलात्कार र हत्याको  अभियोगमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको भन्दै मंगलबार महेन्द्रनगर बजार बन्द गराएका छन् ।

१३ वर्षीय निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेपछि चर्को विरोध भएको थियो । तीन दिनदेखि जिल्लास्थित महिला अधिकारकर्मीले समेत जिल्ला प्रशासन कार्यालय अगाडि रिने अनशन गर्दै आएका छन् । मानव अधिकार आयोगले समेत घटनाको अनुसन्धान थालेको छ । 

प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भिमदत्त नगरपालिका १९ का अन्दाजी ४१ वर्षीय दीलिप सिंह विष्टलाई शनिबार पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया