विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सकाे सानदार जित

 चैत १८, २०७७ बुधबार ६:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित दर्ता गरेका छन् ।

गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ । 

यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १–० गोलले पराजित गरेको छ । यस्तै पोर्चुगलले लक्जम्बर्गलाई ३–१ गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया