भारतमा भेटिएका सात बालिका र किशाेरीलाई आजै राति नेपाल ल्याइने

 चैत १८, २०७७ बुधबार २०:१८:३३ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार (आजै) राति नेपाल ल्याइने भएको छ ।

हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी र अभिभावक भारतको सितामढी गएका छन् । बालिका र किशाेरीलाई बिहीवार (भोलि) परिवारको जिम्मा लगाइने भङ्गाहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिनुभयो ।

मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी हराएका थिए । उनीहरू भागेका हुन् या कसैले भगाएको हो भन्नेबारे खुलेको छैन ।  

मङ्गलवार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए  ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया