सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि एमालेबाट निलम्बनमा, आपराधिक कार्य गरेको आरोप

 चैत १९, २०७७ बिहीबार १४:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाललाई पठाइएको छ ।

ओलीले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसक्नुभएको छ । नेपाल र रावललाई जस्तै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले यो सच्चिने अन्तिम मौका भएको र अझै पनि पार्टी तथा नेतृत्वविरुद्ध लाग्ने र समानान्तर गतिविधि गर्न खोजेमा थप कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

स्पष्टीकरणमा आफ्ना गल्तीको आत्मालोचना गर्नुको साटो पार्टीलाई लाञ्छना लगाउने, पार्टी फुटाउने, गुट भेला गर्ने र नेतृत्वविरुद्ध षड्यन्त्र गर्ने क्रियाकलापको समर्थन गरेर आपराधिक मनोवृत्ति देखाएको कारबाही पत्रमा उल्लेख छ । 

पत्रमा भनिएको छ, ‘स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुल, त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, अहङ्कार र आत्मकेन्द्रित प्रवृत्ति प्रस्ट रूपमा देखियो । आफ्नो स्वार्थका लागि देश, नागरिक र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रूपमा देखियो ।’ 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया