४५ वर्षमाथिका व्यक्तिलाई मात्रै काेराेना खाेप लगाउने भारतकाे तयारी

 चैत २२, २०७७ आइतबार ७:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य र प्रदेशहरूमा स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई खोप लगाउन दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

मानिसहरुले अनुचित रुपमा लाभग्राहीको सूचीमा नाम दर्ता गराएको भन्दै तत्कालका लागि खोप दर्ता नगराउन निर्देशन दिएको हो । अब ४५ वर्षमाथिका व्यक्तिहरुलाई मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाइने भारतको केन्द्रीय सरकारले जनाएको छ ।

पहिले नै लाभग्राहीको सूचीमा दर्ता भइसकेका स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा काम गर्नेहरुलाई भने खोप लगाउन आग्रह गरिएको केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले जानकारी दिनुभयो । यसैबीच, भारतमा पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ९३ हजार कोरोना सङ्क्रमित थपिएका हुन् । 

योसँगै जम्मा कोरोना सङ्क्रमितको संख्या १ करोड २४ लाख ८४ हजार पुगेको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५१४ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ६ सय ५५ पुगेको छ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया