बर्दियामा पाटेबाघकाे आक्रमणबाट फेरि एक जनाकाे ज्यान गयाे

 चैत २२, २०७७ आइतबार २०:१:८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । गैँडा गणना गरेर फर्कने क्रममा माहुते पुलिसराम थारु हात्तीका लागि घाँस लिन जाने क्रममा बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।

मृतक थारुको घर ठाकुरबाबा नगरपालिका वडा नम्बर नौ बुतकौवामा पर्छ ।  यस वर्ष मात्रै बर्दियामा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ । 

पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया