खाेटाङकाे खोटेहाङमा लागेको डढेलोले जङ्गल छेउको बस्तीमा क्षति, नौ घर जले

 चैत २३, २०७७ सोमबार ६:३२:२५ | दमन राई
unn.prixa.net

खाेटाङ - खोटाङको खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ।

सामुदायिक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरेर नौ घर जलेका छन्।

सुरक्षाकर्मी दमकल तथा स्थानीयबासिन्दाले आगो निभाइएकाले अरु घरमा क्षति हुनबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

आगलागीले घर तथा कटेरा जलेपछि पीडित परिवार विस्थापित भएका छन् । प्रारम्भिक विवरणअनुसार झण्डै ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जङ्गलमा लागेको डढेलो पूर्णरुपमा निभाउन नसके पनि बस्तीमा जोखिम टरेको उहाँले बताउनुभयो । 

मड्केमा सामुदायिक वनमा लागेको डढेलोले खोटेहाङ गाउँपालिका-७ खोटाङबजार पुरानो गाउँका छविलाल ढकाल, मिलन गेलाल, इन्द्रबहादुर भुजेल, यमबहादुर भुजेल, गोपाल ढकालको घर तथा कटेरा र खोटाङबजार रातामाटाकाविष्णुमायाँ भुजेल, उद्धव भुजेल, खड्गबहादुर भुजेल र नरबहादुर भुजेलको घर तथा कटेरा जलेर नष्ट भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो। 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया