प्रक्रिया नै पूरा नगरी योजनाहरु शुभारम्भ हुने क्रम बढेको भन्दै विज्ञहरु असन्तुष्ट

 चैत २५, २०७७ बुधबार १२:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय प्रक्रिया नै पूरा नगरी योजनाहरु शुभारम्भ हुने क्रम बढेको भन्दै विज्ञहरु असन्तुष्ट बनेका छन् ।

केही दिन अगाडिमात्र, प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय र डीपीआर अध्ययन नै नगरी देशभरका १ सय ६५ सडक पूर्वाधारको शुभारम्भ गर्नुभएको थियो । अरु पूर्वाधारको पनि यसरी नै शुभारम्भ हुने प्रवृत्ति केही वर्षयता बढ्दै गएको भन्दै पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्यले असन्तुष्टि जनाउनुभएको छ ।

उज्यालोसँग कुरा गर्दै उहाँले यस्ता प्रवृत्ति मौलाउनु घातक भएको टिप्पणी गर्नुभयो । सस्तो लोकप्रियताका लागि गरिने उद्घाटन र शिलान्यासले आयोजना पूरा नहुने र भएका पनि गुणस्तरीय नहुने जोखिम बढ्ने डा आचार्यको भनाई छ ।

सडक लगायतका पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायहरुबीच समन्वय हुन पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो । हतार गरेर राजनीतिक अभिष्टका  लागि योजना तर्जुमा गर्ने प्रवित्ति मौलाउनु दुखद भएको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया