महाेत्तरी : शिक्षकलाई वडा सचिवले गाली गरेकाे र हातपातकाे प्रयास गरेकाे विराेधमा पठनपाठन बन्द

 चैत २६, २०७७ बिहिबार २०:२८:११ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – कक्षाकोठामा पढाइरहेका शिक्षकलाई वडा सचिवले गाली बेइज्जती गरेको र हातपातको प्रयास गरेको विरोधमा त्रिभुवन मावि गौशालाका शिक्षकहरूले पठनपाठन बन्द गरी विरोध जनाएका छन् ।

बिहीवार कक्षा १२ मा पढाइरहेका अङ्ग्रेजी विषयका शिक्षक विनोदकुमार महतोलाई वडा नं. ९ का वडा सचिव उमाकान्त महतोले विद्यालयमा गइ, गाली बेइज्जती गर्दै हातपातको प्रयास गरेको विरोधमा शिक्षकहरूले पठनपाठन बन्द गरेर विराध जनाएका हुन् ।

कक्षा सञ्चालनको क्रममा अबेला गरी आएका वडा सचिवका बुहारी कक्षा १२ मा अध्ययनरत अर्चना सिंहलाई शिक्षक महतोले कारबाही गरेको भन्दै वडा सचिव महतो र उहाँका भाइ राजेशले शिक्षकमाथि हातपात गरेको विद्यालय स्रोतले जनाएको छ ।

भाइले विवाद गर्दै आएको समयमा विद्यालयमा आएका वडा सचिव उमाकान्त महतोले भाइलाई सम्झाउन छाडी शिक्षकमाथि अभद्र व्यवहार देखाएपछि शिक्षकहरू उचित न्यायको माग गर्दै पठनपाठन बन्द गरेको विद्यालयका प्रधानाध्यापक अमोदकुमार साहले बताउनुभयो । शिक्षकलाई न्याय दिलाइ सुरक्षाको माग गर्दै वडा नं. ५ को कार्यालयमार्फत नगरपालिकासँग माग गरेको प्रधानाध्यापक साहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया