२४ घण्टामा २८८ जनामा काेराेना सङ्क्रमण

 चैत २७, २०७७ शुक्रबार १६:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ८८ जनामा काेभिड–१९ (कोरोना भाइरस) काे सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा काेराेनाबाट अहिलेसम्म तीन हजार ३८ जनाकाे ज्यान गएकाे छ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया