माओवादी केन्द्रकाे प्रदेश-२ को संसदीय दलका नेतामा भरतप्रसाद साह चयन

 चैत २८, २०७७ शनिबार ११:२६:८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - नेकपा माओवादी केन्द्रले प्रदेश-२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरिएको छ ।

यसअघि संसदीय दलको नेतामा रहनुभएका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि त्यस पदको जिम्मेवारी महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य साहलाई दिइएको हो ।

त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुविकर्ण चुनिएका माओवादी केन्द्रले जनाएको छ । ओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिनुभयो ।

काठमाण्डौमा रहेकाे पार्टी कार्यालयमा शुक्रवार बसेको बैठकले २४ घण्टाभित्रमा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने निर्णय गरेको छ । संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् ।

प्रदेश-२ मा माओवादी केन्द्रका ११ जना सांसद रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया