ट्रयाक्टर दुर्घटना हुँदा चालककाे ज्यान गयाे

 चैत २८, २०७७ शनिबार १५:२:४८ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका विजयको उपचारको लागि बर्दिबासमा रहेकाे शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शवलाई पोस्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो  ।

अन्तिम अपडेट: बैशाख १, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया