शिवपुरी राष्ट्रिय निकुञ्जकाे जङ्गलमा आगलागी

 चैत २९, २०७७ आइतबार १५:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकाे जङ्गलमा आगलागी भएकाे छ । बूढानीलकण्ठ नजिकैबाट बिहान ११ बजेतिर लागेको आगाे अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।

आगो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

सेना, प्रहरीका दमकल पनि डढेलो लागिरहेको ठाउँमा पुगेका छन् । आगाे के कारणले लागेकाे हाे भन्नेबारे थाहा भइसकेकाे छैन । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया