आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

 चैत ३१, २०७७ मंगलबार ६:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।

जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका कप्तान सञ्जु सामसनले १ सय १९ रन बनाए पनि हार टार्न भने सकेनन् । पञ्जाबका अर्शदीप सिंहले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

पञ्जाबका कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको योगदान गरे । त्यस्तै दिपक होडाले ६४ तथा क्रिस गेलले ४० रन बनाए । राजस्थानका चेतन सकारियाले ३ विकेट लिए। यस्तै क्रिस मोरिसले २ तथा रियान परागले एक विकेट लिए ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया