नयाँ वर्ष २०७८ : एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

 बैशाख १, २०७८ बुधबार ७:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीमाझ हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।  

आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहाेरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्दछन्।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिसठान्न भोजन बनाएर खाने चलन छ । कोरोना भाइरसको सङ्क्रमणका कारण गएको वर्ष जस्तै यसपालि पनि सरकारले घरभित्रै नयाँ वर्ष मनाउन आग्रह  गरेको छ ।  नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।   
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया