विष्णुमती सफाइ अभियान सुरु

 बैशाख १, २०७८ बुधबार १२:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ वर्ष २०७८ को अवसर पारेर बुधवारदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ ।

बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको हो । विष्णुमती सफाइ अभियानको आयोजनामा बुधवार बिहान विष्णुमती नदीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ ।विष्णुमति नदी उपत्यकावासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भए पनि हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रँदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमती नदी सफाइ अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अझै बढी समय दिइने पनि उहाँको भनाइ छ । विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाण्डाै महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमती सफाइ अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया