अविश्वासको प्रस्ताव आउने डरले गण्डकीमा रातारात प्रदेशसभा अधिवेशन अन्त्य

 बैशाख २, २०७८ बिहिबार १३:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकी प्रदेशको प्रदेशसभा अधिवेशन रातारात अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको छ ।

हिजो राष्ट्रिय जनमोर्चाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि सरकार अल्पमतमा परेको थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी रहेकामा मध्यरातमै अधिवेशन अन्त्य गरिएको हो ।

६० जना प्रदेश सांसद रहेको गण्डकीमा एमाले र जनमोर्चाको सरकार थियो । तर तीन जना सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएसँगै २८ जना सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ । गण्डकीमा माओवादी, कांग्रेस, जसपा र जनमोर्चाले सरकार बनाउने तयारी गरेका बेला प्रदेशसभाको अधिवेशन नै अन्त्य भएको छ ।

आफ्नो सरकार ढल्ने डरले रातारात प्रदेशसभाको अधिवेशन गरेको भन्दै विपक्षी दलले मुख्यमन्त्री र एमालेको आलोचना गरेका छन् । उनीहरुले सरकारको निर्णयलाई बेइमानीको संज्ञा दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया