त्रिभुवन विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’

 बैशाख २, २०७८ बिहिबार १९:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ अभियान सुरु गरेको छ । कोरोना महामारी बढ्दै गएको अवस्थामा विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गराउन अभियान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विमानस्थलमा भिडभाड नगर्न, सामाजिक दुरी कायम गर्न, मास्क, पञ्जा र पीपीईको प्रयोग गर्न, विदेश जाने यात्रुलाई अनिवार्य पीसीआर रिपोर्ट साथमा राख्न पनि अनुरोध गरेको छ ।

यस्तै टिकट भएका र विशेष अवस्था भएका यात्रुलाई पुर्‍याउन र छाड्न थोरै व्यक्ति मात्रै प्रवेश गर्न र विमानस्थलमा भिडभाड नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया