आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित

 वैशाख ३, २०७८ शुक्रबार ६:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ ।

दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलाे जित दर्ता गरेको हो ।

मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पूरा गर्दै १५० रन बनाएको हो हो ।

राजस्थानका लागि सबैभन्दा धेरै डेभिड मिलरले ६२ रनको योगदान गरेका थिए । पहिलो खेलमा राजस्थान पञ्जाब किग्ङ्ससँग चार रनले पराजित भएको थियो । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया