कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

 बैशाख ४, २०७८ शनिबार ६:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो ।

छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो ।

उहाँले भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने बताउनुभयो । त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्न चाहेको बताउनुभयो ।

जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनी, फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्त्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया