एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम...
बैशाख ६, २०८१ बिहिबार
महाेत्तरी - तराईमा चैती छठ अर्थात् बासन्ती अन्तर्गत आज मुख्य पूजा गरिँदै छ ।
आज बेलुका व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिए। चैती छठ मनाउने गरिन्छ ।
घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ ।
बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सिङ्गारेका छन् । त्यस्तै पर्वको अन्तिम दिन भोलि बिहान पुनः उदाउँदाे सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ । यस दिनलाई पारन भन्ने गरिन्छ ।
पछिल्ला वर्ष चैती छठ गर्नेहरु बढ्दै गएका छन् । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ ।
चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले दोस्रो दिन ‘खरना’, तेस्रो दिन सूर्य उपाशना र बेलुका अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गर्छन् । त्यसैगरी अन्तिम दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्व समापन गर्ने चलन छ ।