बर्दियामा वन्यजन्तु संरक्षणमा काम गर्ने दुई जना ‘सेनापति प्रशंसा निसानी’ बाट सम्मानित

 बैशाख ५, २०७८ आइतबार १६:३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणमा काम गर्ने दुई जना प्रधानसेनापति प्रशंसा निसानीबाट सम्मानित भएका छन् । चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य र निकुञ्जका रेञ्जर हर्षबहादुर सिंहलाई देवीदत्त गणका गणपति दिनेश कार्कीले सम्मान गर्नुभएको हो ।

सेना दिवसका दिन प्रधानसेनापतिले काठमाण्डौमै सम्मान गर्ने कार्यक्रम रहे पनि कोरोना महामारीका कारण बर्दियामै कार्यक्रम गरेर सेनाले सम्मान गरेको हो ।

आइतवार सम्मानित भएका हेमन्त आचार्यले नेतृत्व गरेको युवा परिचालन अभियानमा निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका २५ सय युवा सहभागी छन् । उनीहरूले स्वतःस्फुर्तरूपमा वन्यजन्तुको चोरी सिकार नियन्त्रणको काम गर्दै आएका छन् ।

युवाहरूको अभियानका कारण बर्दियामा गैँडाको चोरी सिकार शून्यमा रहेको छ । यो समूहले यसअघि राष्ट्रपति उत्कृष्ट युवा संरक्षण पुरस्कार पनि पाइसकेको छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया