हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

 बैशाख ६, २०७८ सोमबार ११:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हो ।

सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया