नेभिगेशन

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, एमालेको सरकार ढल्ने सम्भावना बलियो

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको छ । अबको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम (१) बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको हाे ।

लुम्बिनीमा ८७ जना सांसद रहेकोमा एमालेका ४१ सांसद रहेका छन् । नयाँ सरकार बनाउन ४३ सांसदको आवश्यक पर्छ । एमालेबाहेकका दलले गठबन्धन गरेकाले लुम्बिनीमा एमालेको सरकार गुम्ने सम्भावना बढेको छ ।   

प्रकाशित मिति:
थप राजनीति