घट्यो वायु प्रदूषण : स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने

 वैशाख ७, २०७८ मंगलबार ८:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ ।

केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो । काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका छन्। अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको वातावरणविद्हरुले बताएका छन् ।

धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन गर्ने एक्यूआई अहिले पनि १ सयभन्दा धेरै रहेको छ । काठमाण्डौसहितका सहरको वायु प्रदूषण घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । 

यसैबीच, आज पनि दिउँसोपछि केही पहाडी जिल्लामा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुसमान महाशाखाले जनाएको छ ।

दिउँसोपछि पश्चिमी क्षेत्रमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया